‘प्रचण्ड–माधव नेतृत्वको नेकपाले जनताको हित गर्न सक्दैन’ : शंकर पोखरेल

‘प्रचण्ड–माधव नेतृत्वको नेकपाले जनताको हित गर्न सक्दैन’ : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरेका हुन् ।  

मुख्यमन्त्री पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप समेत लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उनको भनाइ छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नु पर्ने अवस्थामा पुगेको उनले बताए। प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उनले जानकारी दिए।  

मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गरे । उनले संविधान कार्यान्वयनका सन्दर्भमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी सन्देश दिएको पनि बताए । कानुन निर्माण, तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडि रहेको उनको भनाइ छ । उनले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकिय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिए ।

Skip This
Skip This
Logo