नेपाली कांग्रेसले चीनसँगको केरुङ नाका खुलाउन सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल केरूङ नाका खुलाउनका लागि आवश्यक पहल गर्न माग गरेका हुन् ।
“चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,” शर्माले विज्ञप्तिमा भनेका छन् , “तर तुलनात्मकरुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।”
०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ, उनले भनेका छन्, विज्ञप्तिमा भनिएको छ ।































प्रतिक्रिया