शेयर बजारमा हरियाली,अहिलेसम्मकै उच्चविन्दुमा नेप्से

शेयर बजारमा हरियाली,अहिलेसम्मकै उच्चविन्दुमा नेप्से

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आइतबार ३३.३३ अंकले गिरावट आएको शेयर बजार आज कारोबारमा शुरु भएदेखि नै उछाल छाएको थियो ।

आज नेप्से ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो । 

त्यस्तै, सोमबार कारोबार रकम पनि ह्वात्तै बढेको छ । आइतबार ६ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ । गत सोमबार हालसम्मकै उच्च १० अर्ब ६१ करोड कारोबार भएको थियो ।  

आज वाणिज्य बैंक समूहको ५७ अंक बढेको छ । जीवनबीमा समूहको सूचक करिब ७०० अंकले बढेको छ । निर्जीवन बीमा कम्पनीको सूचक पनि ४५० अंकले बढेको छ । लघुवित्त समूहको सूचक पनि ३७० अंकले बढेको छ । सोमबारको कारोबारमा उत्पादनमूलक तथा प्रशोधन समूहको पनि सूचक १६० अंकले बढेको छ । आज लघुवित्तका ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, २५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

बाँकी ४ कम्पनी मध्ये एउटा आइतबार मात्रै सूचीकृत भएको र १० प्रतिशत मूल्यवृद्धि पाएको नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैक रहेको छ । त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी र रिडि हाइड्रोपावर कम्पनी रहेका छन् ।  

आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लघुवित्त कम्पनीहरुलाई बजारमा लगानी गर्न रोक लगाउने व्यवस्था लागू गर्ने हल्ला हल्लामै सिमित भएकाले लगानीकर्ताहरु थप उत्साहित भएको जानकारहरु बताउँछन् ।  

Skip This
Skip This
Logo