नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध दलहरु संयुक्त आन्दोलनमा जाने बताएका छन् ।
चितवनमा आज पत्रकारहरुसँगको कुराकानीमा उनले केही समयभित्रै दलहरु संयुक्त आन्दोलनमा जाने सल्लाह भएको खुलासा गरेका हुन् ।
दाहालले यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग पनि छलफल भएको बताए।
संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको भन्दै दाहालले चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुने बताए । । प्रतिनिधिसभा पुनस्र्थापना हुने दाहालको विश्वास थियो ।































प्रतिक्रिया