काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आयाक्सले इतिहासकै फराकिलो गोल अन्तरले जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३(० ले पराजित गरेको हो ।
पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफमा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।
आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे । यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक(एक गोल गरे ।





























प्रतिक्रिया