नेप्से परिसूचक करिब १० अंकले बृद्धि, लगानीकर्ताहरुको बैंकमा धेरै आकर्षण

नेप्से परिसूचक करिब १० अंकले बृद्धि, लगानीकर्ताहरुको बैंकमा धेरै आकर्षण

केन्द्रबिन्दु
0
Shares

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १० अंकले बृद्धि भएको छ । कारोबारको सुरुवातमै उच्चविन्दु २ हजार ६ सय २३ अंकसम्म पुगेको नेप्से परिसूचक कोरोबार भएको २३ मिनेटपछि ओरालो लागेर २ हजार ५ सय ९५ अंकमा आएको थियो ।  

आज दिनभरी सेयर कारोबार घट्ने तथा बढ्ने क्रममा बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से मंगलबारको तुलनामा करिव १० अंकले बढेर परिसूचक २ हजार ६ सय ११.४५ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

मंगलबारको जस्तै बुधबार पनि लगानीकर्ताहरु बैंकमा धेरै आकर्षण देखिएको छ  । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ ।  

आज होटल, हाइड्रोपावर, फाइनान्स, बीमा र लघुवित्त समूहहरुको सेयर मूल्य भने घटेको छ । कारोबार रकमका आधारमा ६९ करोड ४१ लाख ६३ हजार रुपैयाँ बराबरकोे कारोबार भएर नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ ।  

नबिल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार उच्च नै रहेको छ । नबिल बैंकको कारोबार रकम ४१ करोड रुपैयाँमाथि छ । ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । बढी कमाउनेमा निफ्रा, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास रहेका छन् ।

आज कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै नबिल बैंकको १३९१ मा ४१ करोड १६ लाख र ग्लोबल आईएमई बैंकको ५०० मा ३६ करोड रुपैंयाँको सेयर किनबेच भएको छ ।

Logo