कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । बुधबारदेखि शुरु भएको बैठक आज पनि दिउसो तीन बजे बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

बुधबारको बैठकमा ०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको थियो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेका प्रवक्ता शर्माले बताए । बुधबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले ०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।  

यस्तै गाउँनगरको वडा अधिवेसन असार २० गते, गाउँ नगरपालिकाको अधिवेसन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेसन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेसन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेसन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।  

पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।  

Skip This
Skip This
Logo