महिला लिग फुटबल : चन्द्रपुरमाथि वालिङको सहज जीत

महिला लिग फुटबल : चन्द्रपुरमाथि वालिङको सहज जीत

केन्द्रबिन्दु
0
Shares

महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जीत निकाल्दै वालिङ नगरपालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जीत दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे ।

१७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो । ४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन् । त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पुर्याएकी थिइन् ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपिएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

Logo