नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको छ । आज ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ६१ पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख ३४ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा आज ३४ जना नयाँ संक्रमित थपिएका छन् ।































प्रतिक्रिया