नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका छन् ।
नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नेपाल कम्युनिष्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका हुन् ।
उनले भने “नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले बिदा पनि गर्छन् ।”
साथै नेता सिंहले ओलीले संविधान अनुसार होइन, राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैंले असंबैधानिक कदम उठाएको स्वीकार गरेको बताएका छन् ।
पटक पटक मौका पाए पनि कम्युनिष्ट सफल हुन नसकेको भन्दै इतिहासमा कांग्रेसले सधैं जनताको कार्य गरेको र अझै पनि कांग्रेस जनताको सेवा गर्न सधैं तयार रहेको बताएका छन् ।





























प्रतिक्रिया