‘विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प छैन’ : मुख्यमन्त्री भट्ट

‘विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प छैन’ : मुख्यमन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताएका छन् ।
    
प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उनले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिए। जनचाहना अनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उनले भने, “केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्ने जस्ता भ्रम फैलाउने कार्य गरिरहेका छन्, यस्ता भ्रमबाट सबै सजग हुनु पर्दछ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहेका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक भएको बताए । 

सो अवसरमा मुख्य मन्त्री भट्ट, प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, सभामुख अर्जुनबहादुर थापाले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेश सरकारले गएकोे तीन वर्षको अवधिमा गरेका उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेका थिए । समारोहमा प्रदेश सरकारका मन्त्री, र उच्च पदस्थ कर्मचारी, प्रदेश सभा सदस्य उपस्थित थिए । 

यसअघि आजै मुख्यमन्त्री कार्यालयबाट शुरु भएको प्रभातफेरी बजारका मुख्य मुख्य भाग हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा पुगेपछि मुख्य समारोहमा परिणत भएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको पहलमा यही फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

Skip This
Skip This
Logo