मकवानपुरकाे ठोरीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका-२ स्थितमा तामाङले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
यता कैलालीमा पनि १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका-४ बस्ने ४० बर्षीय नरेश देउवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी बलात्कार गरेको अभियोगमा उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो ।































प्रतिक्रिया