आठ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

आठ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo