‘मैले राजीनामा दिएको छैन’: महान्यायाधिवक्ता खरेल

‘मैले राजीनामा दिएको छैन’: महान्यायाधिवक्ता खरेल

केन्द्रबिन्दु
0
Shares

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । 

मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए । 

उनले भने,  ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधैं अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । 

महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उनले बताए। अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए । 

आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको बताए। 

Skip This
Skip This
Logo