कविता लेखेर कमजोरी सच्याउन आग्रह गरे उपप्रधानमन्त्री पोखरेलले

कविता लेखेर कमजोरी सच्याउन आग्रह गरे उपप्रधानमन्त्री पोखरेलले

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि यसका बारेमा धेरैतिरबाट प्रतिक्रिया आइरहेका छन् । धेरैले स्वागत गरेका छन् भने केहीले यसले थप राजनीतिक संकट ल्याउने बताएका छन् । तर उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने मार्मिक कविता लेखेर चित्त बुझाएका छन्।

नेकपा ओली समूहका सचिवालय सदस्य समेत रहेका पोखरेलले सामाजिक संजाल फेसबुकमा यात्रा शीर्षकमा कविता लेख्दै हरेक मानिसले कमजोरीबाट पाठ सिकेर अघि बढ्नु पर्ने सन्देश दिएका छन्। उनले कविता मार्फत केपी ओलीले गरेका कामलाई कमजोरीको रुपमा संकेत गर्न खोजेका छन् ।

कविता यस्तो छ :

 यात्रा
     ——
लड्दै उठ्दै / लड्दै उठ्दै 
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट 
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा 
पढ्दैर सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि 
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि 
जित्छन् र जिति छाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन । 
कमजोरीलाई पराजित गर्दै 
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू .
चिरन्जिवी बनिछाड्छन् मानिसहरू ।।

Logo