‘कांग्रेसप्रति जनताको आर्कषण बढेको छ’: देउवा

‘कांग्रेसप्रति जनताको आर्कषण बढेको छ’: देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिंदा राम्रो हुने बताएका छन् ।

बुधबार महेन्द्रनारायण निधिको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताए । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दवाव नदिने बताए । सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जीत भएको पनि बताए। अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको बताए । 

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताए । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताए । उनले भने, ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नु परेको छ । कांग्रेसबाट आशा गर्नु भएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढिकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताए। उनले कसैले पनि कुनैपनि बाहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने दाबी गरे ।

Skip This
Skip This
Logo