साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुन आज ५ सयले घटेको हो ।
यस हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । आज ८९ हजार ३ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने आज प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया