आज शनिबारकाे दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिरकणका अनुसार कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ । जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
यस्तै, काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने छ ।































प्रतिक्रिया