दाङ । कोरोना भाइरस संक्रमणबाट दाङमा एक कर्मचारीकाे मृत्यु भएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका-१८ दूधरासका ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
जिल्ला मालपोत कार्यालय घोराहीका नायव सुब्बा उनमा कोरोना संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेसनमा बस्दै आएका थिए।
सास फेर्न गाह्रो भएपछि उनलाई बिहीबार राति कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएकोमा कोरोना अस्पतालमा आइसियू बेड खाली नभएपछि उनलाई बाँके रिफर गरिएको थियो।
एम्बुलेन्समा राखेर बाँके लैजाँदै गर्दा उनको बाटोमै उनको मृत्यु भएको बेलझुण्डी अस्पतालले जानकारी दिएको छ ।





























प्रतिक्रिया