नेपाली ई–कमर्स कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानीपछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स एपको रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।
स्मार्ट डोको एक अनलाइन सपिङ्ग गन्तव्य हो । जसमा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्ट डोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्ट डोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।
“सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं”, ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले भने ।
स्मार्ट डोको रिलन्च सोचेजस्तो नभए पनि आफूहरुले उत्तम सेवा दिने प्रयास गरेको उनले बताए । आफूहरु प्ले–स्टोर र एप–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स एप हुन सफल सफल भएको जानकारी समेत उनले दिए । ग्राहकको सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकाले आफूहरु ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्नरत रहेको उनको दाबी छ । स्मार्ट डोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा आफूहरु सही दिशातर्फ रहेकाे तर गन्तव्य अझै टाढा रहेको उनको भनाइ छ ।
उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियानमार्फत ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन आफ्ना प्रयासहरु केन्द्रित गर्ने र नेपालमा सबैभन्दा बढी सुविधाजनक अनलाइन शपिङ्गको अनुभव दिन आफूहरुकाे प्रयास रहने ग्रुपका अध्यक्ष मलहोत्राले बताए ।
ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन्:
– रिंगरोडभित्र निःशुल्क डेलिभरी
– हरेक खरीदमा रिवार्ड पोइन्ट
– भारी छुट र छुट कुपनहरू
– सजिलै रिटर्न गर्न सकिने
– भुक्तानी विकल्प (नगद/कार्ड/सेलपे/ई–सेवा/मास्टरकार्ड)































प्रतिक्रिया