बुलेटिन : आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन दाहाल-नेपाल पक्षलाई ओलीको चुनौती (भिडियो)

बुलेटिन : आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन दाहाल-नेपाल पक्षलाई ओलीको चुनौती (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये 
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई चुनौती दिएका छन् । गृह जिल्ला झापामा चिनियाँ लगानीमा निर्माण हुन लागेको औद्योगिक पार्कको शिलान्यास कार्यक्रमममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका  हुन् । कार्यक्रममा बोल्दै ओलीले आफू विरुद्ध अविश्वासको प्रस्ताव पास गराएर देखाउन उन पनि चुनौती दिएका छन् ।

राजधानीमा जारी ‘बी’ डिभिजन लिग अन्तर्गत आइतबारका दुई खेलमा खुमलटार क्लब र ब्वाइज युनियनले जीत निकालेका छन् । आजको पहिलो खेलमा महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि साँघुरो जीत निकालेको थियो भने, आजको दोस्रो खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबमाथि ३–० गोल अन्तरको जीत निकालेको थियो । 

साताको पहिलो दिन आज आइतबार शेयर बजारमा लगभग ८० अंकको पहिरो गएको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो । यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैंयाँको कारोबार भएको छ । यस्तै एक करोड ५७ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित बनेका छन् । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए। कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतमा पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिखित जवाफ दिएका छन् । जवाफमा दाहालले मुद्दाका पक्षले सन्तोष–असन्तोष व्यक्त गर्नु वाक तथा प्रकाशन स्वतन्त्रता रहेको उल्लेख गर्नुका साथै, अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo