मुख्यमन्त्री शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

मुख्यमन्त्री शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव विफल भएको छ। संसदीय दलमा प्रस्ताव विफल भएपछि कर्णाली प्रदेश सभामा नेकपाकी प्रमुख सचेतक सिता नेपालीले पत्रकार सम्मेलनमा यो जानकारी गएकी हुन् ।

शुक्रवार सुर्खेतमा बसेको नेकपाको प्रदेश सभा संसदीय दलको बैठकपछि उक्त प्रस्ताव विफल भएको घोषणा गरिएको हो । संसदीय दलको बैठकमा १८ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मत प्रकट गरेका थिए ।

प्रस्तावको पक्षमा शुन्य मत परेको थियो किनभने अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेका सांसदहरू दलको बैठकमा उपस्थित थिएनन्।

कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सदस्य छन्।  ती मध्ये एकजना सभामुख भएकाले निर्वाचनमा ३२ प्रदेश सभा सांसद जना सहभागी हुनुपर्ने थियो।

कर्णालीको नेकपा संसदीय दलमा अकस्मात उत्पन्न भएको देखिएको विवाद केन्द्रमा मिलाउने प्रयत्न भए पनि अध्यक्ष द्वय केपी ओली र प्रचण्डले सकेनन् । अविश्वास प्रस्ताव दर्ता गर्नेहरूमा दुवै अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरू पनि थिए ।

तर प्रचण्ड र नेपाल पक्षका नेताहरूबीचको सहमतिपछि उनीहरू निकट सदस्यहरू पछि हटेको बताइएको छ । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

Skip This
Skip This
Logo