अभिनेत्री आलियाले खोलिन् आफ्नै प्रोडक्सन हाउस

अभिनेत्री आलियाले खोलिन् आफ्नै प्रोडक्सन हाउस

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री आलिया भट्टलाई अब अभिनयको साथै चाँडै चलचित्र निर्माण गरेको पनि देख्न पाइने भएको छ । 

उनले मुम्बईमा आफ्नै प्रोडक्सन हाउस खोलेर निर्मात्री बनेकी हुन् । प्रोडक्सन हाउसको बारेमा आलिया आफैंले सामाजिक सञ्जालमा केही तस्बीरहरू सार्वजनिक गरी जानकारी दिएकी छिन् । उनले साझेदार गरेको पोष्टरमा प्रोडक्सन हाउसको नाम ‘ईटरनल सनशाइन’ लेखिएको छ ।

फोटो पोष्ट गर्दै आलियाले लेखेकी छिन्, ‘ईटर्नल सनशाईन प्रोडक्सनको अनाउन्स गर्न पाउँदा म निकै खुशी छु । अब हामी तपाईंलाई खुसीको, रमाईलो, वास्तविक, अनन्त कथाहरु सुनाउनेछौँ ।’ 

हालै मात्र आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’ को टिजर रिलिज भएको छ । टिजर सार्वजनिक भएलगत्तै दर्शकहरुले आलियाको कामको निकै प्रशंसा गरिरहेका छन् । केही महिना अघि मात्र नेपोटिज्मको शिकारमा परेकी आलिया यतिबेला भने सर्वत्र चर्चामा छिन् ।

संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । यो चलचित्र सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथा आधारित छ ।

चलचित्र जुलाई ३० बाट प्रदर्शनमा आउनेछ । 

Skip This
Skip This
Logo