दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भइन् स्वस्तिमा

दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भइन् स्वस्तिमा

केन्द्रबिन्दु
0
Shares

लामो समयबाट अभिनेत्री स्वस्तिमा खड्काले भारतीय चलचित्रमा अभिनय गर्ने खबरले चर्चा पाएको थियो । 

केही समय अघिसम्म स्वस्तिमाले चलचित्र खेल्न पाउने नपाउने भनी औपचारिक रुपमा निर्माण पक्षबाट कुनै खबर नआएको बताउँदै गर्दा अहिले भने उनलाई चलचित्रमा देखिने पक्का भएको छ । स्वस्तिमाले अभिनय गर्ने दक्षिण भारतीय चलचित्रको नाम ‘थिरिमाली’ राखिएको छ । सो चलचित्रमा उनीसँगै नेपाली कलाकारहरु माओत्से गुरुङ र उमेश तामाङको समेत अभिनय रहनेछ ।

अभिनेत्री स्वस्तिमाले गत बिहीबार चलचित्र निर्माण पक्षसँग सम्झौता गरेकी थिईन् । दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा चलचित्रको निर्माण गर्न लागेको हो । राजीव सेट्ठीले निर्देशन गर्ने चलचित्रमा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायतको अभिनय रहनेछ ।

चलचित्र मलायलम बाहेक हिन्दी र नेपाली भाषामा समेत बन्नेछ । नेपालको कपिराइट अधिकार अनन्या फिल्म्सले लिएको छ । नेपालमा हुने  छायाकंनको जिम्मा समेत अनन्या फिल्म्सले नै लिएको छ ।

Skip This
Skip This
Logo