नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ जना पुगेको छ । आज ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७७४ पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख ६५ हजार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ४९ जनाको परीक्षण गरिएको छ ।































प्रतिक्रिया