सरकारले वार्ताका लागि दुई सदस्यीय समिति गठन गरे लगत्तै नेत्रविक्रम चन्द विप्लवसमूहले वार्ता टोली गठन गर्ने भएको छ । यस समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी गरेको हो ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै विप्लव समूहले पनि वार्ता समिति गठन गर्न लागेको हो ।
हिंसात्मक तथा आतंककारी गतिबिधिमा संलग्न रहेको भन्दै सरकारले ०७५ फागुनदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
याे पनि































प्रतिक्रिया