प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । 

संसद् पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तय गर्नका लागि बैठक आह्वान गरिएको हो ।

प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग समीकरण निर्माणको तयारीमा छ ।

बुधबारको बैठकमा नागरिकता र परिचयपत्रसहित सहभागी हुन सदस्यहरुलाई निर्देशन दिइएको छ । 

यस्तै पार्टीको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगलाई  छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–नेपाल समूहले आवश्यकता परे थप सक्कल कागजात आयोगमा बुझाउने तयारीका लागि आफ्ना केन्द्रीय सदस्यलाई नागरिकतासहित बैठकमा आउन निर्देशन दिएको हो । 

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार बुधबार केन्द्रीय कमिटी बैठक आह्वान गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

Skip This
Skip This
Logo