बिहीबारका लागि बोलाइएको प्रदेश नं. १ को प्रदेशसभा बैठक आगामी चैत २ गतेसम्मका लागि स्थगित भएको छ । विशेष कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गरिएको हो ।
सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते १२ः३० बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
गत फागुन ९ गते बसेको बैठकमा सरकार पक्षको अनुपस्थितमा अविश्वासको प्रस्ताव पेस भएको थियो ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावले सोही दिन प्रदेशसभामा प्रवेश पाएको थियो । उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुनु पर्ने अवस्थामा बैठक सारिएको हो ।
































प्रतिक्रिया