‘पदको लोभ छैन तर प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’ : देउवा

‘पदको लोभ छैन तर प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’ : देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदको लोभ नभएको तर जिम्मेवारी आए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । 

बुधबार चितवनमा आयोजित पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धान्जली सभामा सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको तर, जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् । 

यस्तै सभापति देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।  

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न बुधबार आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए । 

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाह अनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादवलगायतले स्वागत गरेका थिए ।  महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ । 

Skip This
Skip This
Logo