प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुली जाने भएका छन्। सुनकोशी-मरिण डाइभर्सनको शिलान्यासका लागि उनी आज सिन्धुली जान लागेका हुन् ।
सुनकोशी-मरिण डाइभर्सन राष्ट्रिय गौरबको आयोजना हो । यसले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गरिने लक्ष्य बोकेको छ ।
आर्थिक वर्ष ०७६/०७७ देखि सुनकोशी–मरिण डाइभर्सन आयोजना राष्ट्रिय गौरवको आयोजना घोषणा भएसँगै सरकारले २ अर्ब ५ करोड बजेट विनियोजन गरेको थियो। सोही आयोजनाको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने भएका हुन् ।
आजको कार्यक्रममा प्रधानमन्त्रीसँग उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाने भएका छन्।































प्रतिक्रिया