ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आज ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन विहिबार १ हजारले घटेको हो ।

आइतबार ५ सयले घटेको सुन सोमबार ४ सयले बढेको थियो । यस्तै मंगलबार १७ सयले घटेको सुन बुधबार भने ५ सयले बढेको थियो । 

गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुन ८६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८६ हजार ५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला ६५ रुपैयाँले घटेर १२ सय ८५ रुपैंयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo