केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरु आज निर्वाचन आयोग जाने भएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु आयोग जाने भएका हुन् । नेकपाको आधिकारिकता विवाद निरूपणका लागि आग्रह गर्न उनीहरु निर्वाचन आयोग जान लागेको स्रोतले जनाएको छ । 

बुधबार बसेको केन्द्रीय समितिको बैठकले आयोगलाई कानूनसम्मत रूपमा छिट्टै विवाद निरूपण गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय लिएर आज उनीहरु आयोग जाने भएका हुन् । 

यो समूहले बुधबार केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको थियो । 

Skip This
Skip This
Logo