राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले लगाए कोरोनाविरुद्धको खोप

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले लगाए कोरोनाविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

बिहीबार निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगेर अध्यक्ष तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ खोप लगाउन शुरु गरिएको हो । बिहीबारै राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाएकी छिन् । खोप लगाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाह भएपनि अन्य खोपहरु जस्तै रहेको जनाए । हिजोदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उनले उल्लेख गरे ।

बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकीय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि खोप दिइएको छ ।

Skip This
Skip This
Logo