महाशाखाद्वारा चोरिएका २७ मोटरसाईकल बरामद

महाशाखाद्वारा चोरिएका २७ मोटरसाईकल बरामद

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल बरामद गर्न सफल भएकाे छ ।  

बिहीबार उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू दुई हप्तामै बरामद गरी महाशाखाले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हाे । महाशाखाले सुराकी तथा विशेष सुचना संकलनमार्फत टोली परिचालन गरी ती मोटरसाइकल बरामद गरेको हो । 

महाशाखाको पीडित सहायता ईकाइबाट खटाइएका ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी,  माछापोखरी, गोकर्ण, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरुबाट ती मोटरसाईकलहरु बरामद गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको ईलाकाकाबाट मोटरसाइकलहरु बरामद गरी चोरीमा संलग्नलाई  आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएका छौं ।’

Skip This
Skip This
Logo