चलचित्र 'आँधी तूफान २’ निर्माण गरिने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका साथ चलचित्रको निर्माण घोषणा गरिएको हो ।
'आँधी तूफान २’ १६ वर्ष अघि निर्माण गरिएको चलचित्र ’आँधी तूफान’ को सिक्वल हो । उक्त समय आँधी तूफान चलचित्रलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका थिए । तर, अब बन्ने सिक्वेलमा भने निर्देशकका साथै कलाकार पनि नयाँ हुनेछन् ।
चलचित्रमा आरती आचार्य, पुनम गौतम, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, धुव्र कोइराला, मनिष कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सुमन लामा, राजाराम गौतम, गोकुल सुवेदीलगायत कलाकारको अभिनय रहने छ । फिल्ममा मौनता श्रेष्ठको निर्माण र लेखन रहेको छ ।
यस चलचित्रलाई अब मदन घिमिरेले निर्देशन गर्न लागेका छन् । चलचित्र सामाजिक कथामा आधारित महिला एक्सनप्रधान रहेको निर्देशक घिमिरेको भनाइ छ । यसअघि निर्देशक घिमिरेले ‘आमाको काख’, ‘घर परिवार’, ‘वुवाआमा’, ‘जीवनदाता’ ,‘दादागिरी’, ‘माया नमार’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका छन् ।
चैतको दोस्रो साताबाट छायांकन गरिने भनिएको चलचित्रमा रामशरण उप्रेतीको छायांकन तथा, सुरेश अधिकारीको संगीत रहनेछ ।































प्रतिक्रिया