सरकारद्वारा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा

सरकारद्वारा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रतिबन्धित विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सरकारले दुई वर्ष अघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । विहीबार बिहान सरकार र विप्लव समूहबीच ३ बुँदे वार्ता भएपछि  साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । 

आजको सहमति अनुसार अब विप्लव समूह हिंसात्मक राजनीति छोडेर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न सहमत भएको छ । यस्तै सरकारका तर्फबाट प्रतिबन्ध फुकुवा तथा जेलमा रहेका नेता कार्यकर्ता बिना शर्त रिहा गर्ने लगायतका समझदारी भएका छन् ।

मंगलबार सरकार र विप्लवसमूहले आआफ्ना वार्ता समिति गठन गरेका थिए । समिति गठन लगत्तै बुधबार दुईचरणमा वार्ता पनि भएको थियो ।

Logo