बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अनुरोध

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अनुरोध

केन्द्रबिन्दु
0
Shares

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । 

खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुन सक्ने दाजु राजेश सुनारले जानकारी दिए । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उनले भने, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।” 

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त, इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए। उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । 

गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नु हुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।रासस

Skip This
Skip This
Logo