तीनबुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव (भिडियोसहित)

तीनबुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमति पालना गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफ्नो पार्टीले सहमती पालन गर्ने भन्दै कसैले पनि आशंका गर्न आवश्यक नरहेको बताए । कम्युनिष्टहरु आफ्नो मान्यता देशमाथि हस्तक्षेप भएको महसुस हुँदा विद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पुरा गरेको स्थितिमा कम्युनिष्टहरु शान्तिको दूत बन्ने पनि उनको भनाइ छ । 

महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपनासहित सहमती भएको दाबी गरे । देशमा शान्ति, स्थिरता र समृद्धिको आकांक्षासहित सहमती गरिएको उनको जिकिर छ । 

उनले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने उल्लेख गरेका छन् । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उनले जनताले स्वतन्त्रतापूर्वक कदम चाल्नको लागि जनतालाई जनमतको अधिकार दिनुपर्ने बताए । नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरुले समेत आफैंले नेतृत्व गरिरहेको जस्तो अनुभूति नगरेको भन्दै उनले जनतालाई मतको अधिकार दिइनुपर्नेमा जोड दिए । 

उनले शहिदले देखेको परिवर्तनको सपना पुरा गर्न आफूहरु प्रतिबद्ध रहेको पनि जिकिर गरे । सरकारसँगको सहमतीपछि आफ्ना नेता कार्यकर्ता जेलबाट छुट्नेमा उनकाे विश्वास छ । महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडी बढ्न तयार रहेको स्पष्ट पारे । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिए पनि सम्झौता नहुने प्रतिवद्धता उनको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव दुई बर्ष भन्दा बढी समयपछि शुक्रबार काठमाडौँमा सार्वजनिक भएका हुन् ।

 

Skip This
Skip This
Logo