नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउनुः नेता पौडेल

नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउनुः नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् । 

शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संसदीय प्रणालीको संरक्षक आफूहरु भएको र संसदीय प्रणालीमा आउने अवरोध आफूहरुको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसदीय व्यवस्थालाई क्षति पुर्‍याउने काम आफूहरुले गर्न नहुने उनको भनाइ छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखे । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठेरो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए । 

कांग्रेसका नेता सशांक कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताए । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo