जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु चार घाइते

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु चार घाइते

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग. ३ च १६९३ नम्बरको को जिप दुर्घटना शनिबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । 

प्रहरीका अनुसार जिप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । 

प्रदेश प्रहरी कार्यालयका अनुसार जिपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको र ४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिपचालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन् ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धि बल्लभ पन्त, पदम राज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय  गंगादेवी पन्त छन्।

Skip This
Skip This
Logo