‘बेठिक टाईम’मा न्याय दिने काम भयाे : देव गुरुङ

‘बेठिक टाईम’मा न्याय दिने काम भयाे : देव गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई 'बेठिक टाईम' को न्यायको संज्ञा दिएका छन्। 

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भिक प्रतिक्रिया दिंदै नेता गुरुङ्गले “बेठिक टाईम”मा न्याय दिने काम भएको बताएका हुन् । उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरणपछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले  नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गरे ।

उनले भने, “जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन आयोगमा परिरहेको वहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिं उपयुक्त समय हो भन्ने देखिंदैन । न्याय इनटाईममा दिनुपर्थ्यो । बेठिक टाइममा चाहिं न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरु के कस्तो हुन्छ हामीले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । ३ बर्षमा धेरै काम भएको छ।”

उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताए ।

Skip This
Skip This
Logo