ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सूर्य थापाले दिए ‘अपराधी’ को संज्ञा

ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई सूर्य थापाले दिए ‘अपराधी’ को संज्ञा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरूलाई अपराधीको संज्ञा दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर  एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई थापाले अपराधीकाे संज्ञा दिएका हुन् । सल्लाहकार थापाले अध्यक्ष ओलीलाई पार्टीको सदस्यबाट समेत निष्कासित गर्ने नेपाल–खनालहरु अपराधी भएको दाबी गरेका हुन्।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन् ।

Logo