‘एसिड आक्रमणविरुद्धको अध्यादेश कहिले आयो प्रधानमन्त्री ज्यु ?’ : गगन थापा

‘एसिड आक्रमणविरुद्धको अध्यादेश कहिले आयो प्रधानमन्त्री ज्यु ?’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर एसिड आक्रमणविरुद्धको अध्यादेश भनेर झुट बोलेको बताएका छन् । 

थापाले असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न लागेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको बताएका हुन्।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेता थापाले यस्तो बताएका हुन् । थापाले  ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन आफू सदनमा प्रतीक्षारत रहेको पनि बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको कांग्रेसले विरोध गरेको थियो। तर प्रधानमन्त्री ओलीले यसलाई गलत हल्ला फैलाएको सांसद थापाले आरोप लगाएका छन्।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्रीज्यू । एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।

Skip This
Skip This
Logo