नेकपा माओवादी केन्द्रले तत्कालै सरकार नछोड्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रको आजको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ः१५ मा सुरु भएको थियो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सोही बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको हो।
मंगलबार पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो । हिजोको बैठकले कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरि सत्ता समीकरणका लागि सहकार्य गर्ने निर्णय गरेको थियो।































प्रतिक्रिया