माओवादी केन्द्रद्वारा संगठन निर्माणको योजनालाई ठोस रुप दिन कार्यदल गठन

माओवादी केन्द्रद्वारा संगठन निर्माणको योजनालाई ठोस रुप दिन कार्यदल गठन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्य कार्यदल गठन गरेको छ । 

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिइ प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन शर्मा रहेका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

उनले भने,– ‘स्थायी कमिटीको बैठकले पार्टीको अहिलेको समग्र संगठनात्मक स्थितिको यथार्थलाई अगाडि राखेर अबको संगठन निर्माणको यो योजनालाई ठोस रुप दिन केहीदिन भित्रैमा प्रतिवेदन पेश गर्ने गरि ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा रहनुभएको छ ।’

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराएका प्रवक्ता श्रेष्ठले जानकारी गराए। बिहिबार पनि अध्यक्ष प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग थप वार्ता गर्ने जानकारी दिएका थिए भने निर्वाचन आयोगले नेकपा (माओवादी) केन्द्रलाई पठाएको पत्र अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाएका थिए ।

प्रवक्ता श्रेष्ठले अन्य पार्टीहरुसँग सहमति गरेर निष्कर्षमा पुग्नका लागि गृहकार्य गरिराखेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताए । उनले भने,– ‘अब अरु पार्टीहरुसँग पनि सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामी गृहकार्य गरिरहेका छौँ । यसबीचमा हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छैनौँ ।’

स्थायी कमिटी बैठकले पार्टीको चैत्र २ गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुने नेता कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Skip This
Skip This
Logo