नेप्से परिसूचक ३.४ अंकले गिरावट, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धि

नेप्से परिसूचक ३.४ अंकले गिरावट, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

बुधबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । नेप्से ३.४ अंकले घटेर २ हजार ४५८.४८ विन्दुमा कारोबार बन्द भएको छ।

नेप्सेमा आइतबारदेखि निरन्तररुपमा गिरावट आइरहेको छ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि आज ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा कारोबार भएको छ । बुधबार कारोबार भएका ५३ कम्पनीको शेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। 

त्यसैगरी बैंकिङ समूह ०.६१, डेभलपमेण्ट बैंक उपसमूह ०.४३ प्रतिशत, निर्जीवन बीमा कम्पनीको १.०१ प्रतिशत, माइक्रोफाइनान्स उपसमूह ०.९४ प्रतिशत, जीवन बीमा कम्पनी ०.७८ प्रतिशत र म्यूचुअल फण्ड उपसमूह ०.२४ प्रतशितले घटेको छ ।

बुधबार सबैभन्दा बढी कमाउने कम्पनीमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स, नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट र साल्ट ट्रेडिङ कम्पनी बनेका छन्। 

त्यसैगरी सबैभन्दा धेरै गुमाउनेमा राइराङ हाइड्रोपावर डेभलपमेण्ट, मिथिला लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र माहुली सामूदायिक लघुवित्त वित्तीय रहेका छन्। 

Skip This
Skip This
Logo