ओलीलाई सत्तामा बस्ने अधिकार छैन : भट्टराईपूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माकाे पछिल्लो कदमलाई अखाद्य पदार्थकाे संज्ञा दिँदै सत्तामा बस्न नमिल्ने बताएका छन् ।
सर्वोच्च अदालत दुई फैसला गरिसक्दा पनि सत्तामा बस्नु देशकै लागि दुर्भाग्य भएकाे आरोप लगाउदै ओलीलाई सत्ताबाट हटाए देश बचाउनुपर्ने बताएका छन् । अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार नभएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले बताएका हुन् ।
बुधबार एक ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री ओली प्रतिगमनका प्रमुख खलनायक भएको आरोपसमेत लगाएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘खाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो। तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत,’ उनले भनेका छन्, ‘यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेकोरु ओली हटाऊँ, देश बचाऊँ।’
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) March 10, 2021































प्रतिक्रिया