एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ। बैठकका लागि आज बेलुकीसम्म शीर्ष नेताहरुबीच छलफल गरि मिति र स्थानको टुंगो लगाइने एमालेले जनाएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने तयारी एमालेको छ । 

पार्टीमा अन्य दलबाट आएकालाई पनि सम्मानजनक स्थान दिने एमालेका शीर्ष नेताहरुले योजना बनाएका छन् । यस अघि नेता सुवास नेम्वाङले आफ्नै पार्टीका असन्तृष्ट नेताहरुलाई पनि सम्मानजनक स्थान दिइने बताएका थिए । 

बैठकमा पेश हुने एजेण्डा र रणनीतिको विषयमा नेताहरुसँग प्रधानमन्त्री तथा अध्यक्ष ओलीले परामर्श थालेका छन् । यसैक्रममा ओलीले शुक्रबार (आज) आफू निकट नेताहरुलाई छलफलमा बोलाएका छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेसँगै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका छन् । 

Logo