डेनमार्क र नर्वेमा अक्सफोर्डको कोरोना भ्याक्सिन प्रतिबन्धित

डेनमार्क र नर्वेमा अक्सफोर्डको कोरोना भ्याक्सिन प्रतिबन्धित

केन्द्रबिन्दु
0
Shares

डेनमार्क र नर्वेले ‘अक्सफोर्डको कोभिड–१९ भ्याक्सिन  ऐस्ट्रेजेनेका’ माथि प्रतिबन्ध लगाएका छन्।  

डेनमार्कका स्वास्थ्य मन्त्री म्याग्नस हुनिकेले यस विषयमा जानकारी दिँदै दुई साताका लागि उक्त भ्याक्सिन प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन्।

स्मरणीय  छ नेपालमा आएको र प्रयोग भइरहेको कोरोना भ्याक्सिन कोभिशिल्ड ऐस्ट्रेजेनेकाकै भारतीय  संस्करण सिरम इन्स्टिच्युटले बनाएको कोरोना भ्याक्सिन हो। नेपालमा यसको पहिलो डोज वितरण भइरहेको छ। हामीकहाँ यस भ्याक्सिनको  प्रभावकारिताबारे कुनै खोज–अनुसन्धान भएको छैन।

नर्वेका स्वास्थ्य अधिकारीले भनेअनुसार भ्याक्सिन प्रयोगले एकजनाको मृत्यु भएको छ।  र, यसैगरी भ्याक्सिन प्रयोगले रगतका थक्का जम्ने केस देखापरेका छन्। त्यहाँ यस्ता कति केस देखा परेका छन्, त्यसबारे केही जानकारी दिइएको छैन।  उता, अस्ट्रियामा ‘कोग्युलेसन’ विकारबाट एकजनाको मृत्यु भएको छ।

डेनमार्क हेल्थ अथारिटीका निर्देशक सोरेन ब्रोस्टोम भन्छन्–‘हामीले तथा डेनमार्क मेडिसिन एजेन्सी दुवैले डेनमार्कलगायत अन्य युरोपेली मुलुकमा भ्याक्सिनबाट भएका ‘रियाक्सन’को जवाफ दिनुपर्ने हुन्छ।’

 स्वास्थ्य मन्त्री म्याग्नस हुनिकेले ट्विटरमा लेखेका छन्–भ्याक्सिनलाई आउने दुई साताका लागि निलम्बित गरिएको छ।

विश्वभर देखापरिरहेका कोरोनाका नयाँ ‘भ्यारिएन्ट’मा पनि एस्ट्रेजेनेका भ्याक्सिनको प्रभावकारिता अत्यन्त न्युन रहेको छ।  केही दिनअघि दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोना ‘भ्यारिएन्ट’विरुद्ध कोभिशिल्ड  भ्याक्सिन निष्प्रभावी रहेको समाचार आएका थिए। दक्षिण अफ्रिकाले कोभिशिल्ड भ्याक्सिन  फिर्ता गर्ने समाचार पनि प्रसारित भएका थिए। यस सम्बन्धमा थप केही जानकारी आएका छैनन। भारतमै कोरोनाका नयाँ ‘भ्यारिएन्ट’ का विरुद्ध भ्याक्सिन प्रभावी नभएको कुरा उठ्न थालेका छन्।

भारतमा विगत ८–१० दिनदेखि कोरोना संक्रमणका नयाँ केस आउने दर वृद्धि हुँदै गइरहेको छ। गत २४ घन्टामा भारतमा कोरोनाका नयाँ २२ हजारभन्दा बढी केस देखा परेका छन् र, यसै अवधिमा त्यहाँ १ सय २६ जनाको मृत्यु भएको छ। भारतमा कोरोनाविरुद्ध एन्टीबडी रहेका व्यक्तिमा पनि संक्रमण प्रसारको दर तीव्र बनेको छ। हालै भएको अनुसन्धानअनुसार भारतमा  देखा परिरहेका नयाँ संक्रमितमध्ये नयाँ भ्यारिएन्टका झन्डै ३३ प्रतिशत केस रहेका छन्। 

Skip This
Skip This
Logo