अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । 

अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।  

हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् । 
उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् । रासस

Skip This
Skip This
Logo